काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको १५औँ महाविधेशको प्रक्रिया रोक्न माग गर्दै नेपाली कांग्रेसका निवर्तनमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन् ।
पार्टीको आधिकारिकताका बारेमा सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा संस्थापन पक्षले १५औँ महाधिवेशनको प्रक्रिया सुरु गरेपछि देउवा र खडका समुह समूह सर्वोच्च पुगेको हो ।
रिट दर्ताका लागि देउवाका तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवण कुमार सर्वोच्च पुगेका जनाइएको छ । नेपाली कांग्रेसको इतर समूहका प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले रिट सर्वोच्चमा पुगिसकेको जानकारी दिए ।
संस्थापन पक्षले २४ भदौ २४ बाट वडा अधिवेशन सुरु गरी १६ देखि १९ असोजसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।


प्रतिक्रिया