रास्वपाका पूर्वनगर सभापति न्यौपाने कांग्रेसमा प्रवेश

रास्वपाका पूर्वनगर सभापति न्यौपाने कांग्रेसमा प्रवेश


ग्लोब नेपाल
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाहीस्थित हरिवन नगरका पूर्वनगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

न्यौपानेलाई कांग्रेस सभापति गगन थापाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । रास्वपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका न्यौपानेले लोकतान्त्रिक पार्टी कांग्रेसमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

उनले कांग्रेसमा आबद्ध भएर आगामी दिनमा जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा सभापति थापाले न्यौपानेलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । सो अवसरमा थापाले पार्टीका नेता–कार्यकर्तासँग सहकार्य गर्दै सक्रिय भएर काम गर्न आग्रह गरे ।