प्रतिनिधिसभा बैठकमा उधोग मन्त्रीले जवाफ दिने

प्रतिनिधिसभा बैठकमा उधोग मन्त्रीले जवाफ दिने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे देखी सुरू हुनेछ । आजको बैठकमा उधोग, बाणिज्य तथा आपुर्ती मन्त्रालय सबन्धी मौखिक प्रश्नको सबन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फवाट अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘संबैधानिक निकायको पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुबिधा सबन्धी (पहिलो संसोधन) बिधेयक, २०८३’, परराष्ट्र मन्त्री शिशिर खनालले ‘राहादानी (पहिलो संंसोधन) बिधेयक, २०८३’, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संसोधन बिधेयक, २०८३’ र उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ बिधेयक, २०८३’ लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।