प्रधानमन्त्रीको आँखामा समस्या, कालो चस्मा अनिवार्य

प्रधानमन्त्रीको आँखामा समस्या, कालो चस्मा अनिवार्य


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । प्रधानमन्त्री बालेन साह भोलि संसदमा हुने प्रश्नोत्तर कार्यक्रममा कालो चस्मा लगाएरै सहभागी हुने भएका छन् । उनले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा आँखा परिक्षण गराएकोमा चिकित्सकले कालो चस्मा लगाउन र आवश्यकताअनुसार आई ड्रप प्रयोग गर्न सल्लाह दिएको दावी गरिएको छ ।

प्रधानमन्त्री साहले स्वास्थ्य रिर्पोटसहित आँखा समस्याबारे संसद सचिवालयलाई जानकारी गराइसकेको बुझिएको छ । यसअघि सभामुख डिपी अर्यालले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरुमार्फत् संसदमा मर्यादित पोशाक लगाउन निर्देशन दिएका थिए । भोलिको प्रश्नोत्तर कार्यक्रमका लागि ११ सांसदले प्रश्न टिपाएका छन् ।

जसमध्ये रास्वपाका तीन, कांग्रेसका दुई, एमालेका दुई, नेकपाका दुई, राप्रपा र श्रम संस्कृति पार्टीका एक-एक सांसदले प्रश्न टिपाएका हुन् । सिट संख्याको आधारमा रास्वपाका सात जनाले प्रश्न गर्न पाउने भए पनि तीन जनाले मात्रै प्रश्न टिपाएको बताइन्छ ।