महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने ती को हुन् ?

महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने ती को हुन् ?


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक २७ वर्षीय राज कठायत रहेको खुलेको छ । जुम्लाको तातोपानी गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-१० बस्दै आएका उनले आज बिहान ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि हातपात गरेका हुन् ।

बताइएअनुसार सडकमा जथाभावि बाटो काटिरहेका कठायतलाई महिला ट्राफिक प्रहरीले आकाशे पुलबाट जान भनेकी थिइन् । तर उनले अटेर गरेर आक्रोशित हुँदै उल्टै प्रहरीमाथि नै आक्रमण गरेको बताइएको छ ।

लगत्तै झगडा छुट्याउन पुगेका अन्य प्रहरीमाथि पनि कठायतले आक्रमण गरेको सार्वजनिक भिडियोमा देखिन्छ । हाल उनलाई जिल्ला प्रहरी परिसर लगेर कारवाही प्रक्रिया अघि बढाइएको छ ।