रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नुवाकोट र रसुवामा धेरै मानवीय क्षति भएको अनुमान गरिएको छ।  नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले तटीय क्षेत्रमा मानवीयसहित अत्यधिक क्षति भएको प्रारम्भिक जानकारी आएको बताएका छन । 

“धेरै ठूलो मानवीय क्षति भएको छ, भौतिक क्षतिको त कुरै नगरौं,” हुँमागाईले सञ्चारकर्मीसँग भने, “क्षतिको एकिन विवरण आइसकेको छैन । हामी यसमै लागिरहेका छौँ ।” 

भोटेकोसीतर्फबाट आएको अत्यधिक ठूलो बाढीले रसुवा र नुवाकोटको तटीय क्षेत्रमा ठूलो मानवीय क्षति प्रारम्भिक जानकारी आएको र विवरण संकलन कार्य जारी रहेको उनले जनाएका छन ।