सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरुङ अनुपस्थित

सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरुङ अनुपस्थित


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सिंहदरबारमा भोटेकोशी बाढीबारे छलफल गर्न बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ अनुपस्थित भएका छन् ।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकमा प्रमुख राजनीतिक दलका नेताहरू सहभागी छन् । तर, सरकारका प्रमुख जिम्मेवार पदमा रहेका प्रधानमन्त्री र गृहमन्त्री भने बैठकमा उपस्थित छैनन् ।

बैठकमा रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, जसपा नेता महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपा महामन्त्री विपिनकुमार आचार्यलगायत सहभागी छन् ।

अर्थमन्त्री स्वर्णिम वाग्ले पनि बैठकमा उपस्थित छन् । आइतबार आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि राहत, उद्धार तथा प्रभावित क्षेत्रमा सरकारको कदमबारे छलफल गर्न बैठक बोलाइएको हो ।