भोटेकोशी बाढीमा परी ओखलढुंगाबाट २३ जना सम्पर्कविहिन

भोटेकोशी बाढीमा परी ओखलढुंगाबाट २३ जना सम्पर्कविहिन


ग्लोब नेपाल
0
Shares

काठमाडौं । भोटेकोशी बाढीमा परी ओखलढुंगाबाट २३ जना सम्पर्कविहिन भएका छन् । ओखलढुंगाबाट निर्वाचित संघीय सांसद विश्वराज पोखरेलका अनुसार उनीहरु बुधबार बिहान भोटेकोशीमा आएको हिंस्रक बाढीपछि रसुवा र नुवाकोटबाट सम्पर्कविहिन भएका हुन् ।

सांसद पोखरेलले सम्बन्धित निकाय तथा उद्धारकर्मीहरूले यथाशीघ्र खोजी तथा उद्धारको पहल गरिदिन अनुरोध गरेका छन् । साथै, उनीहरूका बारे कुनै जानकारी प्राप्त भएमा परिवार वा सम्बन्धित निकायलाई सम्पर्क गराइदिनसमेत उनले अनुरोध गरेका छन् ।

सम्पर्कविहीन व्यक्तिहरू
१. मोलुङ–२ : सुमन दाहाल
२. मोलुङ–२ : मोनि दाहाल
३. चिशंखुगढी–दियाले : विकास भट्टराई
४. लिखु–२ : खिलबहादुर बुढाथोकी
५. चम्पादेवी–६ : चक्रबहादुर खड्का
६. चिशंखुगढी–६ : मेचनकुमार आले मगर
७. खिजिदेम्बा–६ : देवराज सुनुवार
८. मानेभन्ज्याङ- १ : दिनेश राई
९. सिद्धिचरण ७, विगुटार : पेम जाङ्बु शेर्पा
१०. चिशंखुगढी : खेम बहादुर राउत
११. चिशंखुगढी : शुभद्रा न्यौपाने
१२. लिखु, गाम्नाङटार : मिलन वेडारी
१३. लिखु-६ : प्रेम पौडेल
१४. खिजिदेम्बा-५ : सोनाम टाशी शेर्पा
१५. खिजिदेम्बा-९ : गेली शेर्पा
१६. खिजिदेम्बा-२ : लप्साङ शेर्पा
१७. खिजिदेम्बा-५ : सङ्गम श्रेष्ठ
१८. खिजिदेम्बा-६ : देवराज सुनुवार
१९. खिजिदेम्बा-९ : तेन्जी शेर्पा
२०. खिजिदेम्बा-९ : छोटी शेर्पा
२१. खिजिदेम्बा-६ : काडी शेर्पा
२२. खिजिदेम्बा-८ : माया शेर्पा
२३. सिद्धिचरण-१ : कुल बहादुर थापा मगर