काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नुवाकोट सदरमुकाम विदुर र आसपासको क्षेत्र निरीक्षण गरी काठमाडौं फर्केका छन् ।
भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल र उनको टिम त्यहाँस्थित सेनाको ब्यारेकमा पुगेको छ । सरकारी स्रोतका अनुसार बिहीबार प्रधानमन्त्री नुवाकोट आउने कार्यक्रम बनेको थिएन ।
तर अन्तिम समयमा प्रधानमन्त्री बालेन स्वयंले नुवाकोट गएर बाढी प्रभावितको हालचाल बुझ्ने विचार गरेका थिए । त्यसपछि उनको भ्रमण तय भएको थियो ।
नुवाकोट पुगेर उनले विभिन्न क्षेत्रका बाढीपीडित, स्थानीय र घाइतेहरुलाई भेटेका छन् । उनी काठमाडौं फर्के पनि भौतिकमन्त्री लम्साल नुवाकोटमै छन् ।
नेपाली सेनाले उद्धार र खोजबिनमा भइरहेको प्रगतिबारे मन्त्री लम्साललाई अवगत गराएको छ । शीघ्र प्रतिकार्य र उद्धारका लागि थप कोसिस गर्न मन्त्री लम्सालले निर्देशन दिएका छन् ।


प्रतिक्रिया