चीन-नेपाल सीमा क्षेत्रको केरुङ नाकामा पहिरो: ५ जनाको मृत्यु, ५५८ बेपत्ता

चीन-नेपाल सीमा क्षेत्रको केरुङ नाकामा पहिरो: ५ जनाको मृत्यु, ५५८ बेपत्ता


ग्लोब नेपाल
0
Shares

चीन । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित गिरोङ (केरुङ) नाकामा गएको भीषण पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता छन् ।

क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागकाअनुसार गत बुधवार बिहान नेपालतर्फबाट शुरु भएको पहिरोले केरुङ पोर्टमा ठूलो क्षति पुर्‍याएको हो । शुक्रवार अपराह्न ३ बजेसम्मको प्राप्त विवरणअनुसार पहिरोमा पुरिएका ५ जनाको शव फेला परेको छ भने ठूलो सङ्ख्यामा मानिसहरू अझै बेपत्ता रहेका छन् ।

हाल उद्धारकर्मीहरू पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुगिसकेका छन् । बेपत्ताहरूको खोजी तथा राहत कार्यका लागि सुरक्षाकर्मी र उद्धार टोलीहरूले आफ्नो परिचालनलाई थप तिब्र बनाएका छन् । हवाई माध्यमबाट प्राप्त दृश्यहरूमा उद्धार कार्यलाई व्यापक रूपमा अगाडि बढाइएको देखिएको छ ।