रसुवा बाढी : चितवनमा समाधिस्थ गरिँदै बेवारिसे शव

रसुवा बाढी : चितवनमा समाधिस्थ गरिँदै बेवारिसे शव


ग्लोब नेपाल
0
Shares

चितवन । भोटेकोशीमा आएको बाढीपछि चितवनस्थित नारायणी नदीमा फेला परेका बेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने भएको छ । पहिचान हुन नसकेका, सडे–गलेको अवस्थामा रहेका शव ट्याग लगाएर र डीएनए संकलन गरेर देवघाटनजिकै जंगलमा व्यवस्थापन गरिने भएको हो ।

शवका कारण संक्रमण तथा महामारी फैलिन सक्ने उच्च जोखिमलाई ध्यानमा राख्दै व्यवस्थापनका लागि यो कदम चालिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

शव भरतपुर महानगरपालिका–१ स्थित रामनगर–देवघाट सडकमा रहेको जंगल क्षेत्रमा गाडिने छ । व्यवस्थापन गर्नका लागि ठाउँ पनि तयार पारिएको छ । सुरक्षाकर्मीको उपस्थितिमा दुई वटा डोजर प्रयोग गरेर जंगलको बीच भागमा खाल्डो बनाइएका छन् । चितवनमा भेटिएका २ सय ३३ मध्ये हालसम्म ६ वटा शवको पहिचान भएको छ ।