सिडिओ उपसचिव, उनको मातहत सहसचिव

सिडिओ उपसचिव, उनको मातहत सहसचिव


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सरकारले कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोषहरि निरौलालाई बाढीमा बितेका मानिसको शव व्यवस्थापनमा खटाएको छ । २०७२ को भुइँचालोमा नुवाकोट र २०७७ को कोभिड-१९ महामारीताका मोरङमा सिडिओ रहेका उनलाई सरकारले हिजो आइतबार बिदाको दिन भए पनि आकस्मिक सरुवा गरेको छ ।

उनले कोभिड-१९ को महामारीताका गरिएको शव व्यवस्थापनको अनुभवबारे लेख्दै अहिलेको सरकारलाई शव व्यवस्थापनमा हतार नगर्न सुझाव दिएका थिए । चितवनमा शव व्यवस्थापन भन्दै हतारमा शव गाड्न लागिएको खबर बाहिरिएपछि उनले सामाजिक सञ्जालमा दुःखमा अनुभव गर्ने मानिसको भावनात्मक क्षणको स्मरण गराउँदै ‘बाढीमा बेपत्ताका आफन्त सास वा लाश खोज्दैछन्, शव गाड्न हतार नगरौं’ भनी पहिचान नखुलेका शवको व्यवस्थापनमा केही समय धैर्य गर्नुपर्ने कुरा लेखेका थिए ।

तर, शव व्यवस्थापनबारे उक्त धारणा सार्वजनिक गरेको २४ घण्टा नबित्दै संघीय सरकारले उनलाई रसुवाको बाढी प्रभावित क्षेत्र टिमुरेमा शव व्यवस्थापनकै जिम्मेवारी दिएर काजमा खटाएको छ । भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निरौलालाई रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भएर बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापन गर्न काजमा पठाएको जनाइएको छ। उनलाई दिइएको पत्रमा जिल्ला प्रशासन कार्यालय रसुवासँग समन्वय गरी काम गर्न भनिएको छ ।