एमाले केन्द्रीय कमिटी बैठक सुरु

एमाले केन्द्रीय कमिटी बैठक सुरु


ग्लोब नेपाल
27
Shares

काठमाडौं । एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक मंगलबार सुरु भएको छ ।

आजको बैठकमा एमाले अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने छ । एमाले बैठकको कार्यसूचीमाथि नेताहरुले आपत्ति जनाएपछि बुधबार विहान सचिवालय बैठक बस्ने र बिहीबारमात्रै केन्द्रीय कमिटी बैठक अन्त्य गरिने भएको हो ।

केन्द्रीय कार्यालयस्रोतका अनुसार बिहीबार बिहान सचिवालय बैठकले कार्यसूची अनुमोदन गरेपछि दिउँसो १ बजेदेखि केन्द्रीय कमिटी बैठक सुरु हुने भएको छ । बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि सबैको भनाइ राख्न समय दिइने र बिहीबार बेलुकीसम्म बैठक समापन गर्ने तयारी छ ।