अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। 

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन मंगलबार साँझ ७ बजे अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन् ।

उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ। उनी असोज १० गते स्वदेश फिर्ता हुनेछन्। बालेनले राष्ट्रसंघका महासचिवसँग मात्र द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।