पोखरा । हिमाली भेगमा भारी वर्षा र हिमपातको उच्च जोखिम देखिएपछि ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीले असोज ९ देखि ११ गतेसम्म जोखिमपूर्ण क्षेत्रमा पदयात्रा नगर्न र नयाँ टोली नपठाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भीषण वर्षा र हिमपातको सम्भावना छ। विशेषगरी गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वाभ्यास छ।
अविरल वर्षा र हिमपातका कारण पहिरो, भू-क्षय तथा गेग्रान बहावको खतरा बढेको छ। यसले पदमार्गका साथै सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।
टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यका अनुसार पूर्व-निर्धारित यात्रा तालिका पुनर्विचार गर्न र हाल कार्यक्षेत्रमै रहेका गाइड तथा पोर्टर (पदयात्रा सहयोगी) हरूलाई तत्काल सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ।


प्रतिक्रिया