आज राति ८ बजेदेखि भाेलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द

आज राति ८ बजेदेखि भाेलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द


ग्लोब नेपाल
0
Shares

काठमाडौं । लगातारको वर्षापछि सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै बिहीबार बेलुका ८ बजेदेखि शुक्रबार बिहानसम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार सूचना जारी गर्दै नौ घन्टा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द रहने जानकारी दिएको हो ।

‘हाल मौसममा आएको परिवर्तनका कारण धादिङ जिल्ला र आसपासका क्षेत्रमा हाल निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको भनी नेपाल मौसम विज्ञान विभागद्वारासमेत सूचना जारी भएको तथा यसबाट वाढी, पहिरो, डुबानलगायतका विपजन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न मिति २०८३–६–८ गते बेलुका ८ बजेदेखि ९ गते बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारी साधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारीसाधन चालकहरूले मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।

सरकारले जोखिम अवधिभर बिपी राजमार्गमा बिहीबार रातिदेखि नै सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।