कांग्रेस जिल्ला सभापतिमाथि क्षेत्रीय सभापतिद्वारा आक्रमण

कांग्रेस जिल्ला सभापतिमाथि क्षेत्रीय सभापतिद्वारा आक्रमण


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीमाथि आक्रमण भएको छ । हिजो बेलुकी मुसिकोट नगरपालिका–१ स्थित एशियन होटलमा पार्टीको पालिका अधिवेशनका सन्दर्भमा छलफल भइरहेका बेला उनीमाथि कांग्रेस प्रदेश निर्वाचन क्षेत्र ‘ख’ का सभापति भद्रबहादुर बिष्टले आक्रमण गरेको बताइएको छ ।

सभापति ओलीका अनुसार शीर्ष नेताहरू सम्मिलित छलफल भइरहेका बेला बाहिरबाट समूहसहित आएका बिष्टलगायतले आफूमाथि आक्रमण गरेको उनले बताए । छलफलमा सहभागी नै नभएका बिष्टलगायतको समूहले आक्रमण गरेको सहभागीको भनाइ छ ।

पार्टीको आन्तरिक विषय र कार्यकर्ताको आक्रोशलाई ध्यानमा राख्दै आफूले घटनालाई ठूलो नबनाएको ओलीको भनाइ छ । तर, कांग्रेसका केही नेताकार्यकर्ताले भने पार्टी सभापतिमाथिको आक्रमण सह्य नहुने बताएका छन् ।

एकजना प्रत्यक्षदर्शीका अनुसार भदौ ७ गतेदेखि जिल्लाका ६ वटै पालिकामा सुरु भएको पालिका अधिवेशनलाई सहमति र सौहार्दपूर्ण रूपमा सम्पन्न गर्ने विषयमा छलफल भइरहेको थियो । त्यस क्रममा शीर्ष नेताहरू कृष्णबहादुर रोकाय, प्रेमप्रकाश ओली, मानबहादुर नेपाली, गोपालजीजंग शाह, राजु केसीलगायतलाई पालिका अधिवेशन सहमतिमा सम्पन्न गराउने जिम्मेवारी दिइएको थियो ।

काँग्रेसको भेलामा हात हालाहाल
नेपाली काँग्रेसको नगर अधिवेशनमा हात हालाहाल भएको छ । रौतहट निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत ईशनाथ नगर अधिवेशनबाट रहिस मियाँ नगर सभापतिमा चयन भएपछि नेता–कार्यकर्ताबीच चर्किएको विवाद हात हालाहालमा पुगेको हो । विवादका क्रममा एक जनालाई लछारपछार गरेर धकेल्दै गरेको भिडियो सार्वजनिक भएको छ । उनीहरुले एकअर्कालाई गालीगलौज पनि गरेका छन् ।