महाधिवेशन प्रतिनिधिमा विश्वप्रकाश शर्मालाई करिब ९० प्रतिशत मत

महाधिवेशन प्रतिनिधिमा विश्वप्रकाश शर्मालाई करिब ९० प्रतिशत मत


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन क्रममा झापा १ मा भएको क्षेत्रीय अधिवेशनबाट उपसभापति विश्वप्रकाश शर्मा करिब ९० प्रतिशत मत पाएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । मतदानमा सहभागी ७१० क्षेत्रीय प्रतिनिधिबाट ६३८ मत प्राप्त गरेर शर्मा विजयी भएका हुन् ।

झापा १ साविक मेचिी अञ्चलकै कांग्रेसको बलियो आधार क्षेत्रका रूपमा चिनिन्छ । अघिल्लो आम निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट साविक अञ्चलभरिमै झापा १ मा मात्रै कांग्रेस विजयी भएको थियो ।

सो क्षेत्रबाट उपसभापति शर्मा १३औं महाधिवेशन क्रममा ११४ क्षेत्रीय प्रतिनिधिमध्ये ११२ मत प्राप्त गरेर तथा सोही अधिवेशनको क्रममा मेचिनगर ९ को वडा अधिवेशनमा ७४ मतदातामा मतदान भएको ७० मतमा गोप्य मतदानमा ७० नै मत पाएर विजयी भएका थिए । पार्टीमा पछिल्लो जारी विवादपछि पनि झापा १ मा संस्थापन र (सिटौला पक्ष) भनेर चिनिने समूह पनि एक पार्टी एकताको पक्षमा एकढिक्का रहेर अधिवेशनमा सहभागी रहे ।

िक्षेत्र नम्बर १ बाट खुलातर्फ शर्मा ६३८, केशवराज पाण्डे ५२७, नारायण गिरी ४५०, अर्जुन राई ४४४, भुपु राई ४४३, प्रेम सम्बाम्फे ४४१, गोपाल तामाङ ४३९, लोकराज ढकाल, पुष्पराज पौडेल र टेकबहादुर लिम्बू ३४४ ले मत पाएर विजयी बनेका छन् । क्षेत्रीय सभापतिमा २१३ मतको फरकले इन्द्र बुढाथोकी विजयी बनेका छन् ।