शाहरुख खानकाे ‘किङ’ ले प्रदर्शन हुनुअघि नै कमायाे ८०० करोड

शाहरुख खानकाे ‘किङ’ ले प्रदर्शन हुनुअघि नै कमायाे ८०० करोड


ग्लोब नेपाल
108
Shares

मुम्बई । के शाहरुख खान अभिनित चलचित्र ‘किङ’ ले प्रदर्शन हुनुअघि नै ८०० करोड रुपैयाँ कमाइसकेको छ?

सामाजिक सञ्जालमा भाइरल भएको एउटा पोस्टले यस्तो दाबी गरेको छ। उक्त पोस्टका अनुसार, यसको सम्पूर्ण भारतको ‘थिएट्रिकल राइट्स’ (प्रदर्शन अधिकार) २५० करोड रुपैयाँमा, ओटीटी अधिकार २६० करोड रुपैयाँमा र टिभी अधिकार १५० करोड रुपैयाँमा बिक्री भएको छ।

यसैबीच, यस चलचित्रले संगीत अधिकारबाट करिब ५० करोड रुपैयाँ कमाएको छ। साथै, यसको विदेशी प्रदर्शन अधिकार ९० करोड रुपैयाँमा बिक्री भएको दाबी पनि गरिएको छ। यी सबै तथ्याङ्कलाई जोड्दा, ‘किङ’ ले प्रदर्शन हुनुअघि नै ८०० करोड रुपैयाँ बराबरको व्यापार गरिसकेको देखिन्छ। यद्यपि, निर्माताहरूले यस सम्बन्धमा कुनै आधिकारिक विज्ञप्ति जारी गरेका छैनन् ।

्र