अमेरिकाको टेक्सास राज्यमा रहेको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा परी १४ जना विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ ।
घटना टेक्ससको रोब इलिमेन्ट्री विद्यालयमा हिजो भएको हो । बन्दुकधारी १८ वर्षीय साल्भाडोर रामोस नाम गरेका एक किशोर रहेको आशंका गरिएको टेक्ससका मेयर ग्रेग आबोट जानकारी दिए । आक्रमणकारीले पिस्तोलका साथै राइफलको पनि प्रयोग गरेको हुनसक्ने बताइएको छ । आक्रमणकारीको पनि मृत्यु भइसकेको छ ।
घटना नियन्त्रणमा लिने क्रममा प्रहरी अधिकारीको गोली लागेर आक्रमणकारी मारिएको हुनसक्ने बताइएको छ । रब एलिमेन्ट्री स्कुलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेको सार्वजनिक भएको छ ।
घटना भएको विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् । मारिएका बालबालिकाहरु कक्षा २, ३ र ४ कक्षामा अध्ययनरत थिए । राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिनुभएको छ ।
प्रतिक्रिया