एमाले र मसालसँग समन्वय गरेर अघि बढ्ने समझदारी भएको ‘प्रचण्ड’को दाबी

एमाले र मसालसँग समन्वय गरेर अघि बढ्ने समझदारी भएको ‘प्रचण्ड’को दाबी


ग्लोब नेपाल
0
Shares

काठमाडौँ। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र मसालसँग समन्वय गरेर अघि बढ्ने समझदारी भएको बताएका छन्। अन्य वामपन्थी तथा देशभक्त शक्तिसँग पनि सहकार्यका लागि छलफल जारी रहेको उनको भनाइ छ।

नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त अधिकारको रक्षाका लागि एकजुट हुनुपर्ने बताएका छन्।

‘नेकपा एमाले र मसालसँग समन्वय गरेर जाने त समझदारी नै गरिसकेका छौँ,’ उनले भनेका छन्, ‘अन्य देशभक्त र वामपन्थीहरूसँग पनि छलफल निरन्तर गरिरहेका छौँ ।’

संविधान र गणतन्त्रको रक्षामा जोड
प्रचण्डले संविधान र गणतन्त्रमाथि प्रहार भइरहेको उल्लेख गर्दै त्यसको सामना गर्न साझा प्रयास आवश्यक भएको बताएका छन्। प्राप्त अधिकारको संरक्षणका लागि वामपन्थी तथा देशभक्त शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

उनले निर्वाचनपछि पनि जनजीवन सहज हुन नसकेको बताएका छन्। राजनीतिक सहकार्यसँगै नागरिकको जीवनमा सहजता ल्याउने विषयमा ध्यान दिनुपर्ने उनको अभिव्यक्ति थियो।

अन्य शक्तिसँग पनि छलफल जारी
एमाले र मसालसँगको समझदारीबारे जानकारी दिँदै प्रचण्डले अन्य वामपन्थी तथा देशभक्त शक्तिसँग संवादलाई निरन्तरता दिएको बताएका छन्।

उनले अन्तर्राष्ट्रिय स्तरमा पनि सहकार्यको आवश्यकता महसुस गरी त्यसअनुसार पहल गरिरहेको जानकारी दिएका छन्।