बडादसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे

बडादसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे


ग्लोब नेपाल
0
Shares

काठमाडौं । यस वर्षको बडादसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको बडादसैँको शुभसाइतअनुसार विजयादशमी तथा देवी विसर्जन कात्तिक ३ गते मङ्गलवार परेको छ। सोही दिन बिहान १०:२६ बजे टीकाको साइत निर्धारण गरिएको समितिले जनाएको छ।

समितिका अनुसार यस वर्षको नवरात्रारम्भ तथा घटस्थापना असोज २५ गते आइतबार बिहान ११:४७ बजे रहेको छ। फूलपाती असोज ३१ गते शनिवार बिहान ७:३७ बजे, महाष्टमी कात्तिक १ गते आइतबार बिहान १०:३९ बजे र महानवमी कात्तिक ३ गते मङ्गलवार परेको छ।

विजयादशमीका दिन टीका लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा गरेर (पश्चिम फर्केर) बस्नुपर्ने समितिले जनाएको छ।