काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि दिएको उम्मेदवारी फिर्ता लिने भएका छन्।
रिजालले पार्टी सभापति तथा सभापतिका उम्मेदवार गगन थापासँग भएको संवादपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्।
रिजालले आजै औपचारिक रूपमा उपसभापतिको उम्मेदवारी फिर्ता लिने तयारी गरेका छन्। उम्मेदवारी फिर्तासँगै उनले थापाको नेतृत्वमा पार्टीभित्रको आगामी राजनीतिक सहकार्यलाई अघि बढाउने संकेत गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भइसकेको अवस्थामा रिजालको उम्मेदवारी फिर्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।


प्रतिक्रिया