कांग्रेस महाधिवेशन : दिउँसो १ बजे मतदान, राष्ट्रिय सभागृहमा तयारी तीव्र

कांग्रेस महाधिवेशन : दिउँसो १ बजे मतदान, राष्ट्रिय सभागृहमा तयारी तीव्र


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।

यसअघि तय गरिएको समयअनुसार मतदान हुन नसकेपछि निर्वाचनको समय सारिएको छ। अब दिउँसो १ बजेबाट मतदान सुरु गर्ने तयारी गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

मतदानका लागि राष्ट्रिय सभागृहमा आवश्यक व्यवस्थापन तथा तयारी तीव्र पारिएको छ। निर्वाचनस्थलमा प्रतिनिधिहरूको प्रवेश, मतदान केन्द्र व्यवस्थापन तथा आवश्यक प्राविधिक तयारीलाई अन्तिम रूप दिइँदैछ।