काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सहमति नजुटे पछि आज पुनः बस्दैँछ । एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठक शनिबार दिउँसो १ः०० बजे पुनस् बस्नेछ।
गत बिहीबारदेखि सुरु भएको बैठकमा शुक्रबार पार्टीका विभिन्न कमिटी र सङ्गठनलाई पूर्णता दिने एजेन्डामा छलफल भए पनि सो बिषय निष्कर्षमा पुग्न नसके पछि पुनः आज बस्न लागेको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी, केन्द्रीय कमिटी लगायतका निकायमा मनोनयनका लागि प्रस्ताव गरेका थप नामहरूप्रति अन्य नेताहरूले असन्तुष्टि जनाएका छन्। नामहरूमा सहमति जुट्न नसकेपछि पुनस् छलफल गरेर निर्णयमा पुग्ने गरी शुक्रबारको बैठक स्थगित गरिएको हो।
हाल नेकपा एमालेले स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय सदस्य मनोनयन तथा विभिन्न विभागहरूसहित पार्टीका अन्य कमिटीलाई पूर्णता दिन बाँकी छ। शीर्ष नेताहरूबीच थप छलफल गरेर शनिबारको बैठकबाट सहमति जुटाउने प्रयास गरिने एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।


प्रतिक्रिया