बूढीगण्डकीमा आएको बाढीले सोती–मान्बु जोड्ने मोटरेबल पुल बगायो

बूढीगण्डकीमा आएको बाढीले सोती–मान्बु जोड्ने मोटरेबल पुल बगायो


ग्लोब नेपाल
81
Shares

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ।

आइतबार बिहान चुमनुब्री गाउँपालिकास्थित उङ्गेल खोलाबाट आएको बाढीसँगै स्यार खोलामा पहिरोसमेत आएको थियाे ।

स्थानीयका अनुसार स्यार खोलामा पानी थुनिएर एक्कासि बाढी आएको हो। उक्त बाढीका कारण बूढीगण्डकी नदीमा समेत पानीको बहाव बढेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

बाढीले मोटरेबल पुल बगाएपछि सोती र मान्बुबीचको आवागमन प्रभावित भएको छ। बाढीबाट भएको अन्य सम्भावित क्षतिको विवरण भने प्राप्त हुन बाँकी छ।