अस्ट्रेलियामा दशैं लक्षित नेपाली भजन कार्यक्रम हुँदै

अस्ट्रेलियामा दशैं लक्षित नेपाली भजन कार्यक्रम हुँदै


ग्लोब नेपाल
270
Shares

सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित सेन्ट्रल कोस्ट क्षेत्रमा आगामी अक्टोबर १६ मा नेपाली भजन कार्यक्रम आयोजना हुने भएको छ। ‘नेप्लिज इन द इन्ट्रान्स’को आयोजनामा टगराहस्थित हिन्दु टेम्पल, सनातन कम्युनिटी एन्ड एजुकेसन सेन्टरमा कार्यक्रम हुन लागेको हो।

शुक्रबार साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रममा एमआरआर भजन सिड्नी टोलीले प्रस्तुति दिने आयोजकले जनाएको छ।

भगवान् शिव र माता दुर्गाप्रतिको भक्तिभावमा केन्द्रित कार्यक्रममा भजन, कीर्तन तथा प्रार्थना गरिनेछ । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा सेन्ट्रल कोस्ट क्षेत्रमा बसोबास गर्ने नेपाली परिवार तथा समुदायका सदस्यलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ।

कार्यक्रमको मुख्य प्रायोजक गोस्फोर्डस्थित भेजी एन्ड ग्रोसर स्टेसन रहेको छ। त्यसैगरी, चिजी बर्गर बार एन्ड सीफुड, मिलिको ग्रोसरी, फ्याट चिकेन, ब्रन्च एन्ड ब्रु, जेरी नेपाली मःमः एन्ड फुड तथा रन क्लब हन्टरले सहयोग गरेका छन्। रन क्लब हन्टर कार्यक्रमको रन क्लब साझेदारसमेत रहेको छ।

विदेशमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।