काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् ।पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडा र शिवाकोटीले जित हासिल गरेका हुन्।
कांग्रेसको पदाधिकारीमा इतर समूहबाट आएका खतिवडा एकजनामात्र हालसम्म पदाधिकारीमा निर्वाचित भएका छन् । शिवाकोटी विशेष महाधिवेशनबाट आएको कार्यसमितिका सदस्य थिए । खतिवडा र शिवाकोटी दुवैले लोकप्रियताका आधारमा जित हासिल गरेका हुन् ।
सहमहामन्त्री खुल्ला (२ सिट )
- रामहरि खतिवडा -2788
- अजय सिवाकोटि – 2072
- डिल्लिराम सुवेदी -1759
- देवेन्द्र राज कडेल -1299
- राजिव ढुंगाना – 1182
- विकास कोइराला -1088
- अमृत कुमार अर्याल -979
- रमेश प्रसाद धमला -781
- विमलराज क्षेत्रि -275


प्रतिक्रिया