काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दिएको जानकारीअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यी अध्यादेशहरू प्रमाणीकरण गरी जारी गरेका हुन्।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार जारी गरिएका अध्यादेशहरूमा नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ रहेका छन ।
सरकारको सिफारिस र नेपालको संविधानको संवैधानिक व्यवस्था बमोजिम विज्ञान र प्रविधिको क्षेत्रलाई व्यवस्थित गर्न तथा नवप्रवद्र्धनका गतिविधि अगाडि बढाउन यी अध्यादेशहरू ल्याइएको हो।


प्रतिक्रिया