‘मिस वेलनेस वल्र्ड २०२६’ का विजेता सान्वीलाई गृहनगरमा स्वागत

‘मिस वेलनेस वल्र्ड २०२६’ का विजेता सान्वीलाई गृहनगरमा स्वागत


ग्लोब नेपाल
0
Shares

जनकपुरधाम । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वल्र्ड २०२६’ की विजेता सान्वी मण्डललाई गृहनगर जनकपुरधाममा स्वागत तथा सम्मान गरिएको छ ।

विजेता मण्डलको गाउँ भोइलमा आज आयोजित कार्यक्रममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसहित स्थानीयवासीले उनलाई स्वागत तथा सम्मान गरेका हुन् ।

थाइल्याण्डको राजधानी बैङ्कक गत महिना सम्पन्न सौन्दर्य प्रतियोगितामा सान्वीले ‘मिस वेलनेस वल्र्ड २०२६’ को उपाधि जितेकी थिइन् ।

शारीरिक तथा मानसिक स्वास्थ्य र स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिने सो प्रतियोगितामा उनले जनकपुरधाम र मिथिला संस्कृतिको प्रतिनिधित्व गर्दै झिझिया नृत्यलाई आफ्नो प्रतिभाको रूपमा प्रस्तुत गरेका थिए ।

सो अवसरमा प्रदेश सभामुख यादवले विश्वमञ्चमा सहभागी भई नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धि गर्न सफल भएकामा समग्र मधेस प्रदेशका तर्फबाट उनलाई धन्यवाद दिए। यसैगरी, बैङ्ककमा सम्पन्न सौन्दर्य प्रतियोगितामा उपाधि जित्न सफल भई जनकपुरधाम र मिथिला संस्कृतिको समेत संवर्द्धनमा अमूल्य योगदान दिएको भन्दै स्थानीयवासीको तर्फबाट सम्मान व्यक्त गरिएको थियो ।