काठमाडौं । साउदी अरेबियाको सेबा आयल फिल्डमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ।
बुधबार साउदी अरामकोको तेल उत्पादन तथा प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको उक्त आक्रमणमा एक नेपाली र एक फिलिपिनो नागरिकको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका छन्।
साउदी ऊर्जा मन्त्रालयका अनुसार, आक्रमणका लागि आएको ड्रोनलाई साउदी वायु रक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो। तर, त्यसको भग्नावशेष तल खस्दा आयल फिल्डको परिसरबाहिर रहेको ठेकेदारको गाडीमा आगो लागेको थियो, जसमा परी ती कामदारहरूको मृत्यु भएको हो।


प्रतिक्रिया