तोलामा ३२ सयले घट्यो सुनको मूल्य

तोलामा ३२ सयले घट्यो सुनको मूल्य


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार दुई सय रुपैयाँले घटेको हो।

बिहीबार प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर दुई लाख ८० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार घटेर प्रतितोला दुई लाख ७८ हजार पाँच सय रुपैयाँमा पुगेको सुन त्यसयता बिहीबारसम्म लगातार बढेको थियो। 

आज चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला तीन हजार ९३० रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर तीन हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ।