झापामा वडाध्यक्षसहित ९ जना जुवाडे पक्राउ

झापामा वडाध्यक्षसहित ९ जना जुवाडे पक्राउ


ग्लोब नेपाल
0
Shares

झापाका छुट्टाछुट्टै दुई स्थानबाट जुवातास तथा कौडा खेलिरहेको अवस्थामा एक वडाध्यक्षसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भद्रपुर र शिवसताक्षी नगरपालिकाबाट प्रहरीले उनीहरूलाई नगद रु ४४ हजार २ सय ३५, तास र कौडासहित पक्राउ गरेको हो।

भद्रपुरबाट वडाध्यक्षसहित ५ जना पक्राउ
गएराति करिब ८:३० बजे भद्रपुर नगरपालिका–४ मन्त्री चोकस्थित ५० वर्षीय माधव राजवंशीको चिया–नास्ता पसलभित्र जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतिलाल योञ्जन तामाङको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

प्रहरीले होटलबाट नगद रु १८,८५०, १ बुक तास, र ९ थान मोबाइल बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरू:
हंशधर राजवंशी (५४ वर्ष) – भद्रपुर–४ (वडाध्यक्ष)
माधव राजवंशी (५० वर्ष) – भद्रपुर–६ (होटल सञ्चालक)
निर्मल राजवंशी (२९ वर्ष) – भद्रपुर–६
शुकलाल माझी (३८ वर्ष) – भद्रपुर–६
भुवन श्रेष्ठ (६५ वर्ष) – भद्रपुर–११

शिवसताक्षीबाट कौडा खेलिरहेका ४ जना पक्राउ
त्यस्तै, गएराति करिब १२:१५ बजे शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित ५७ वर्षीय छविलाल अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो।
उक्त स्थानबाट प्रहरीले नगद रु २५,३८५, १६ वटा कौडाका गोटी, र ३ थान स्मार्टफोन बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरू:
गणेश तामाङ (७० वर्ष) – शिवसताक्षी–१०
नारद रिमाल (५७ वर्ष) – शिवसताक्षी–१०
कमलमणि तिम्सिना (६२ वर्ष) – शिवसताक्षी–१०
मनोज बस्नेत (२७ वर्ष) – शिवसताक्षी–१०

पक्राउ परेका सबैलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।