काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा १८ वटा कार र ५ वटा ट्रकहरू ठोक्किएर भएको ठूलो सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्।
यूएईको गृह मन्त्रालयका अनुसार एक ट्रक चालकले गाडीको नियन्त्रण गुमाए अर्को गाडीसँग ठोक्किन पुग्दा सुस्त गतिमा चलिरहेका अन्य धेरै सवारी साधनहरूमा ठोक्किएर दुर्घटना भएको थियो । गृह मन्त्रालयका अनुसार दुर्घटनामा पाँच ट्रकसहित जम्मा २३ सवारीसाधन ठोक्किएका थिए ।
मध्यरातको केही समय अगाडि फुजैराह प्रवेशद्वारमा ट्राफिक सुस्त गतिमा चलिरहेको बेला दुर्घटना भएको थियो । मन्त्रालयले ठोक्किएपछि ट्रकमा आगो लागेको र नजिकै रहेका अन्य धेरै सवारी साधनहरूमा आगो फैलिएको र व्यापक मानवीय क्षति भएको जनाएको छ ।


प्रतिक्रिया