काँग्रेसको देउवा पक्षको गण्डकी अधिवेशन मंसिर ५ देखि पोखरामा

काँग्रेसको देउवा पक्षको गण्डकी अधिवेशन मंसिर ५ देखि पोखरामा


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली काँग्रेसको शेरबहादुर देउवा पक्षले मंसिर ५ र ६ गते पोखरामा गण्डकी प्रदेश अधिवेशन गर्ने भएको छ । पोखरा सभागृहमा हुने अधिवेशनको उद्घाटन काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री देउवाले गर्ने तय भएको छ

गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै आएको देउवा पक्षले समानान्तर महाधिवेशनको तयारीका क्रममा प्रदेश अधिवेशन गर्न लागेको हो । देउवा पक्षले मंसिर २१ गतेदेखि काठमाडौँमा समानान्तर महाधिवेशन गर्ने तयारी गरेको छ ।