एमालेले बोलायो स्थायी कमिटी बैठक

एमालेले बोलायो स्थायी कमिटी बैठक


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । एमालेले राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्थायी कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी बैठक मङ्सिर १ गते मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरी बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन ।

एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते काठमाडौँमा हुँदैछ । सोही भेलाको तयारीबारे आवश्यक छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।