काँग्रेसको आधिकारिकता र रुख चिह्न देउवा पक्षले पाउने एनपी साउदको दाबी

काँग्रेसको आधिकारिकता र रुख चिह्न देउवा पक्षले पाउने एनपी साउदको दाबी


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली काँग्रेसको देउवा पक्षका नेता एनपी साउदले पार्टीको आधिकारिकता र चुनाव चिह्न रुख आफ्नो पक्षले पाउने दाबी गरेका छन् ।

कञ्चनपुरमा देउवा पक्षको जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सर्वोच्च अदालतले पुनरावलोकनको निस्सा दिएपछि आफ्नो पक्षको दाबी बलियो भएको जिकिर गरे ।

‘ढुक्क भएर म साथीहरूलाई भन्न चाहन्छु– हामीहरू रुख पाउँछौँ । आधिकारिकता पाउँछौँ,’ साउदले भने । अदालतले अहिलेसम्म कुनै पनि पक्षलाई पार्टीको आधिकारिकता वा चुनाव चिह्न नदिएको र दुवै पक्षको दाबी अदालतमा विचाराधीन रहेको उनले बताए ।

प्रधान न्यायाधीशसहितको इजलासले यसअघि गरेको फैसला पुनरावलोकन गर्ने निस्सा दिँदा सर्वोच्चले विगतका नजिर र प्राकृतिक न्यायको सिद्धान्तसमेत विचार गरेको साउदको भनाइ थियो ।

सीमित अवस्थामा मात्रै पुनरावलोकनको निस्सा दिइने उल्लेख गर्दै उनले अदालतको पछिल्लो आदेशलाई आफ्नो पक्षका लागि महत्त्वपूर्ण हने बताए ।