नागढुंगा-मुग्लिन सडकखण्ड बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म बन्द

नागढुंगा-मुग्लिन सडकखण्ड बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म बन्द


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार एक सूचना जारी गर्दै शनिबारदेखि दैनिक ५ घण्टा सवारी आवागमन बन्द हुने जानकारी दिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म अर्को सूचना जारी नभएसम्मका लागि दैनिक सवारी आवागमन बन्द गरिनेछ ।

सडक माथिबाट निरन्तर ढुंगा–माटो खसेर पहिरोको उच्च जोखिम निम्त्याइरहेकाले उक्त जोखिमयुक्त भागलाई माथिबाटै काटेर सडक सुरक्षित बनाउन सवारी रोक्न लागिएको जनाइएको छ ।