काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ । गृहमन्त्रालय स्रोतका अनुसार, उनलाई भारतको कोलकत्ताबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो ।
उनलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गराइएको र हवाइमार्गबाट काठमाडौं ल्याइएको स्रोतले जानकारी दिएको छ । विमानस्थलबाट अर्याललाई सिधै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लगिएको थियो । स्रोतले दिएको जानकारी अनुसार, उनलाई अहिले सीआईबीबाट म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिंदैछ ।
मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् ।
यसअघि तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसी सहित १० जना पक्राउ परेका छन् । उनीहरूविरुद्ध ठगी र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया