काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक शुक्रबार बिहान साढे ८ बजे बस्नेछ । ८ मंसिरदेखि सुरु भएको बैठकमा ७० जना केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखिसकेका छन् ।
केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने क्रम जारी रहेकोले बैठक आज पनि बस्न लागेको काँग्रेसले जनाएको छ ।


प्रतिक्रिया