दुई दिनपछि मन्त्रिमण्डल विस्तार हुन्छ : प्रचण्ड

दुई दिनपछि मन्त्रिमण्डल विस्तार हुन्छ : प्रचण्ड



जनकपुरधाम । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४ असोजपछि सरकार विस्तार हुने बताएका छन् ।

पार्टीका प्रशिक्षण कार्यक्रम पश्चात जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सरकार विस्तारमा कुनै समस्या नरहेकाले ४ असोजपछि विस्तार हुने बताए । “गठबन्धनमा कुनै मतभेद वा समस्या छैन,” उनले भने, “अब सरकार विस्तार हुन्छ ।”

संविधानलाई सबैमा रहेका असन्तुष्टिलाई समाधान गर्न संविधान संशोधनको विषयलाई अगाडि बढाउने प्रचण्डको भनाइ थियो । “म प्रधानमन्त्री हुँदा दुईपटक संविधान संशोधनको प्रस्ताव लगेको थिएँ,” प्रचण्डले भने, “तर, केपी ओलि कमरेडको कारण संशोधन हुन सकेन । अब त्यस विषयलाई राष्ट्रव्यापी रूपमा अगाडि लिएर जान्छौँ ।”

एमसीसीलाई संशोधन गरेर मात्र पास गर्न सकिने प्रचण्डले बताए ।