काठमाडौं । काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेनले होस्टलमा बस्ने छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी र अभिभावक आन्दोलित भएका छन्।
छात्राहरुले यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएपछि शनिबार अभिभावकहरु होस्टल पुगेका थिए । उनीहरुले होस्टलमा नाराबाजी गर्नुका साथै घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका छन् । घटनाबारे जानकारी लिन खोज्दा प्रिन्सीपल दुर्गानाथ शिवाकोटीले दुव्र्यवहार गरेको भन्दै अभिभावक आक्रोशित भएका हुन् ।
महानगरीय प्रहरी वृत्त वौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले आरोपित होस्टल वार्डेन फरार रहेको बताए । प्रहरीले सर्वनाम शिक्षालयका प्रिन्सीपल शिवाकोटी र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ । ‘यौन दुर्व्यवहार भएको भन्ने छ। जाहेरी आइसकेको छैन,’ डीएसपी न्यौपानेले भने, ‘बलात्कार हो भन्ने कुराहरू पनि आइरहेका छन्। तर हामीले सोधपुछ गर्न पाइसकेका छैनौं।’
पीडित छात्राका अभिभावक आज विद्यालयमा गएर उजुरी गरेपछि प्रहरीको टोली त्यहाँ पुगेको हो। केहीबेर त्यहाँ तनाव समेत भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया