प्रधानसेनापति शर्मा लेवनान प्रस्थान, १३ असारमा अमेरिका जाने

प्रधानसेनापति शर्मा लेवनान प्रस्थान, १३ असारमा अमेरिका जाने


ग्लोब नेपाल
54
Shares

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनान प्रस्थान गरेका छन् ।

सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा आज लेवनान प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआईपि कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए । प्रधानसेनापति शर्मा द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु बारेमा जानकारी लिन लेवनान भ्रमण गर्न लागेको जंगी अड्डाले जनाएको छ ।

भ्रमणदलले यही असार १० गतेसम्म शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनानस्थित युनएनएफआइएल मिसन र त्यसपछि सिरिया स्थित युएनडिओएफको निरीक्षण भ्रमण गरी उक्त मिसनहरुको वस्तुस्थिती, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिनेछ ।

लेवनानको भ्रमणपश्चात प्रधानसेनापति शर्माले यही असार १३ गते संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ । भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् ।

प्रधानसेनापति शर्माको टोली भ्रमण सकेर असार १९ गते स्वदेश फिर्ता हुनेछ ।