काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
उनले आफ्नो नीति तथा कार्यक्रममा चुनावअघि गरेका प्रतिवद्धताहरुलाई स्थान दिएका छन् भने अन्य दल र उपमेयर सुनिता डंगोलका योजनाहरूलाई पनि समेटेका छन् । ‘सांस्कृतिक सहर समृद्ध महानगर’ को नारा महानगरको नीति कार्यक्रममा अघि सारिएको छ । काठमाडौंको फोहोर व्यवस्थापन नै महानगरको प्रस्थानविन्दू बनेको नीति कार्यक्रममा उल्लेख छ ।
संस्कृति र सम्पदाको जगेर्नालाई नीति कार्यक्रमले जोड दिएको छ । मेयर बालेन्द्रबाट अपेक्षा गरिएका नवीनतम खालका ‘गेमचेञ्जर’ कार्यक्रमहरू भने नीति कार्यक्रममा भेटिँदैनन् ।
पूर्णपाठ:
प्रतिक्रिया