काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेपछि वायुसेवा सञ्चालक संघले हवाई भाडादर वृद्धि गरेको छ।
वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सबैभन्दा धेरै धनगढीका लागि ८४० रुपैयाँ भाडा बढी लाग्ने छ । अब काठमाडौं-धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ । नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेनको भाडा ६५५ वृद्धि भई १४ हजार ७२० रुपैयाँ पुगेको छ । काठमाडौंबाट भद्रपुरको भाडा ५७० वृद्धि भएर १२ हजार ८०५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, काठमाडौंबाट विराटनगरको भाडा प्रतिव्यक्ति ४५५ रुपैयाँले वृद्धि भएर १० हजार ८० रुपैयाँ, काठमाडौंबाट जनकपुरको हवाई भाडा २४५ रुपैयाँले वृद्धि भएर ५ हजार ७९५ रुपैयाँ, काठमाडौंबाट भरतपुरको २ सयले भाडावृद्धि भएर ४ हजार ९३५ रुपैयाँ, काठमाडौंबाट पोखरा ३ सयले भाडा वृद्धि भएर ६ हजार ९०५ रुपैयाँ नयाँ भाडा तोकिएको छ ।
त्यसै गरी काठमाडौंबाट भैरहवाको भाडा प्रतिव्यक्ति ३९५ रुपैयाँले वृद्धि भएर ८ हजार ५७५ रुपैयाँ, काठमाडौंबाट नेपालगञ्जको भाडा ६२० रुपैयाँले वृद्धि भएर १३ हजार ८१५ रुपैयाँ, काठमाडौंबाट धनगढी ८४० रुपैयाँले भाडा वृद्धि भएर १६ हजार ८०५ रुपैयाँ, काठमाडौंबाट तुम्लिङटर ३५० रुपैयाँले भाडा वृद्धि भएर ८ हजार ११० रुपैयाँ र काठमाडौंबाट सिमराको १७० रुपैयाँले हवाई भाडा वृद्धि भएर ४ हजार १९५ रुपैयाँ पुगेको छ ।
बढेको भाडा बुधबारबाट लागु हुनेछ । एयरपोर्ट ट्याक्स अन्तर्राष्ट्रिय विमानस्थलको हकमा ५ सय र अन्य विमानस्थलमा ४ सय र ३ सय कायम गरिएको छ ।
यस्तो छ विभिन्न गन्तव्यमा लाग्ने हवाई भाडाको सूचीः
प्रतिक्रिया