नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित


ग्लोब नेपाल
54
Shares

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गरेको हो। एक मन्त्रीले दिएको जानकारी अनुसार उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको छ ।

उनीमाथि कर्मचारीमाथि दूर्व्यवहार गरेको लगायत आरोप छन् ।