काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पेश गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको छ।
बुधबार बसेको महानगरको नगरसभाको ११ औं अधिवेशनले नीति तथा कार्यक्रम संशोधनसहित पारित गरेको हो । सभामा मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका विषयहरुको जवाफ दिएपछि पारितका लागि निर्णयार्थ पेश गरेका थिए ।
उनले सदस्यहरुले दिएका सुझावहरूलाई ऐन, नियम र कानुनअनुसार यथासम्भव समावेश गरिने बताए।
प्रतिक्रिया