काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।
कोषको बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित बोनस सेयर नेपाल सरकार, अर्थमन्त्रालयको स्वीकृत गरी आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कोषले जानकारी गराएको छ ।
कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।
प्रतिक्रिया