हेटौंडा उपमहानगरको बजेट २ अर्ब ७१ करोड, ७९ लाखको बजेट

हेटौंडा उपमहानगरको बजेट २ अर्ब ७१ करोड, ७९ लाखको बजेट


ग्लोब नेपाल
81
Shares

हेटौंडा । बागमति प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८०का लागि २ अर्ब ७१ करोड ७९ लाखको बजेट प्रस्तुत गरेको छ ।

नेकपा एमालेले बहिष्कार गरेपश्चात् असार १० गते बजेट ल्याउन नसकेको उपमहानगरले आइतबार ११ औं नगरसभाको दोस्रो बैठकमा २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । उपमेयर राजेश बानियाँले सार्वजनिक गरेको बजेट अनुसार पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाख, आर्थिक विकासतर्फ १९ करोड ६९ लाख, सामाजिक विकासतर्फ ६६ करोड १५ लाख, स्वास्थ्यतर्फ ९ करोड ५३ लाख, युवा तथा खेलकुदतर्फ ३ करोड ७३ लाख, महिला तथा बालबालिकाका लागि ३ करोड ५८ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १२ करोड ६ लाख, संस्थागत विकास र सेवा प्रवाहतर्फ ७ करोड ३३ लाख, अन्य विविध शीर्षकमा ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरले खर्च व्यहोर्ने स्रोतका रुपमा आन्तरिक स्रोत ९४ करोड ३६ लाख ५३ हजार, राजस्व बाँडफाँट ५८ करोड ९३ लाख ७० हजार, प्रदेश सरकारको अनुदानबाट ९ करोड ५८ लाख ९४ हजार र संघीय सरकारबाट १ अर्ब ६ करोड ९५ लाख प्राप्त हुने जनाइएको छ ।