काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले बेरुजु बढिरहेको देखाएकाले बेरुजु फछ्र्यौटलाई अभियानका रुपमा अघि बढाइनुपर्नेमा जोड दिइएकी छन् ।
महालेखा परीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले अभियानका रुपमा बेरुजु फछ्र्यौट गरेपछि बेरुजु राख्न नदिने गरी आर्थिक अनुशासन पालना गरिनुपर्ने बताए । आर्थिक शुद्धताले नै सुशासन कायम गर्न सहयोग गर्ने भएकाले यसमा सरोकार भएका सबै निकायको ध्यान जानुपर्ने राष्ट्रपति भण्डारीले सुनाइन् ।
“ महालेखापरीक्षकको प्रतिवेदनमार्फत् उठेका विषयलाई केन्द्रीय संसद्, प्रदेशसभा, र स्थानीयसभाले गम्भीर रुपमा लिएर दोहो¥याउन दिनुहुँदैन, सार्वजनिक वित्तीय व्यवहारमा पारदर्शीता हुनुपर्छ, सार्वजनिक वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रतिवेदनले काम गरेको छ”, उनले भनिन् ।
अर्थमन्त्री जनार्दन शर्माले बेरुजु फछ्यौटलाई सरकारले प्रयास गरिरहेको उल्लेख गर्नुहुँदै वित्तीय व्यवस्था सुधारमा सरकार लागिपरेको बताए । रु छ खर्ब ७६ अर्ब बेरुजु फछ्र्यौटमा मन्त्रालय लागेको उनले कार्यक्रममा जानकारी गराए ।
महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले यस वर्षदेखि विद्युतीय प्रणालीबाट गरिएको लेखापरीक्षणको प्रतिवेदन आउने क्रममा रहेको जानकारी गराए । कोरोना महामारीका कारण कार्यालयको वार्षिकोत्सव मनाउन नपाइएको उल्लेख गदै उनले यस वर्ष उत्कृष्ट कार्यसम्पादन भएका सात जना कर्मचारीलाई पुरस्कृत गरिएको सुनाए ।
प्रतिक्रिया